‘मेरो मनको’मा प्रमोदको स्वर, शरणको संगीत

काठमाडौं । गायक एवम् संगीतकार शरणकुमार माझीको संगीतमा ‘मेरो मनको’ बोलको अधुनिक गीत रिलिज भएको छ ।

प्रमेद खरेलको स्वर रहेको ‘मेरो मनको’ गीतको शब्द ताराप्रसाद डाँगीले लेखेका छन् । राजु कार्कीको एरेञ्ज रहेको गीतको म्यजिक भिडियोका निर्देशक समिर ठोकर हुन् ।

शुक्रबार युट्युबबाट रिलिज भएको ‘मेरो मनको’ गीतबाट धेरै अपेक्षा लिएको संगीतकार माझीले बताएका छन् ।

लोक तथा दोहोरीका साथै आधुनिक गीतहरूमा स्वर दिँदै आएका माझीले आधुनिक गीतमा संगीत दिएका छन् । उनले संगीत दिँदा नयाँ अनुभूति भएको बताएका छन् ।

म्युजिक भियिोमा वीना राउत, निशान विसी र रीता श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सम्पादन मीन रावलले गरेका छन् ।

https://www.youtube.com/watch?v=xUNxfk4lIbs
Published : Friday, 2021 January 29, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया