सन्तोषको संगीतमा ‘वेदनाको भेल’, मनोज–सुजाताको स्वर

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘वेदनाको भेल’ गजल सार्वजनिक भएको छ ।

‘वेदनाको भेल’मा मनोज राज र सुजाता वर्माले स्वर दिएका छन् । गीतका शब्द डा.केशव शर्माको रहेको छ ।

संगीतकार श्रेष्ठले ‘वेदनाको भेल’ गजल संगीतमा आधारित रहेको बताए । ‘बजारमा अहिले गीतहरू लोक तथा आधुनिक शैलीमा धेरै आएका छन्’, श्रेष्ठले भने, ‘हाम्रो टिमले गजलमा गीत ल्याएका छौँ । गीत कत्तिको चल्छ त्यो दर्शक स्रोतमाथि भरपर्छ ।’

म्युजिक भिडियोको निर्देशन हेमप्रभाश अधिकारले गरेका छन् । भिडियोमा गजित विष्ट र आरोही शर्माको अभिनय रहेकोम छ । गीतमा गजित र आरोहीले राम्रो नृत्य गरेका छन् ।

Published : Friday, 2021 January 29, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया