निर्वाचनमा हारेपछि नेकपाले बझाङमा लियो तरुण सदस्यको ज्यान, औकातमा आए कम्युनिस्ट

बझाङ । बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले खुँडा प्रहार गरि नेपाल तरुण दलका सदस्यको ज्यान लिएका छन् ।

विद्यालय व्यवस्थापनको निर्वाचनमा पराजित भएको झोँकमा नेकपाका कार्यकर्ताहरूले तरुण दलका सदस्य अमृत सिंहको ज्यान लिएका हुन् ।

छबिसपाथिभेरा गाउँपालिका–३ का सिंहलाई खुँडा प्रहार गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिएका छन् ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो । विवादमा सिंहलाई नेकपाका कार्यकर्ताले खुँडा प्रहार गर्दा ज्यान गएको खड्काले बताए ।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् । खुँडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश ऐडी फरार छन् । ऐडीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा निकट दुई प्यानल बनेका थिए । कांग्रेस निकट प्यानल निर्वाचित भएको थियो ।

पराजित भएपछि नेकपाका नेता कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तासँग झगडा गरेको कांग्रेसको आरोप छ । तरुण सदस्य सिंहको ज्यान लिएपछि बझाङ कांग्रेसले दोषीलाई कारबाहीको माग गरेको छ ।

सत्ताको आडमा बझाङमा यसअघि पनि नेकपाका नेता कार्यकर्ताहरूले आफ्नो रवाफ देखाउँदै आएका थिए । कांग्रेसले नेकपाको हर्कतको विरोध गरेको छ ।

Published : Wednesday, 2021 January 27, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया