संगीतकार श्रेष्ठ ‘दशक संगीत’ सम्मानबाट सम्मानित

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ सातौँ नेशनल क्यापिटल अवार्ड– २०७७ ‘दशक संगीत’ सम्मान’बाट सम्मानित भएका छन् ।

काठमाडौंमा आइतबार आयोजित अवार्ड कार्यक्रममा संगीतकार श्रेष्ठ सम्मानित भएका हुन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले श्रेष्ठलाई ‘दशक संगीत गीत’ सम्मानबाट सम्मान गरेका छन् ।

मन्त्री गुरुङले कार्यक्रममा सम्मानित र अवार्ड पाउने सबैलाई शुभकामना तथा बधाइ दिएका छन् ।

सम्मानित भएपछि श्रेष्ठले मन्त्री गुरुङका साथै संगीतकार शम्भुजित बास्कोटा, क्यापिटल इभेन्टका प्रमुख माधव निर्दोष, सुमन बैरागी, सविता पोखरेललगायतको टिमलाई धन्यावाद दिएका छन् ।

सोही कार्यक्रममा संगीतकार श्रेष्ठद्वारा संगीत गरिएको ‘ठ्याक्कै भेटौँला…’ बोलको आधुनिक गीतका गायकद्वय अञ्जना गुरुङ र कन्हैयासिंह परियारले सर्वोत्कृष्ट युगल गीतमा पुरस्का पाएका छन् ।

सोही गीतको म्युजिक भिडियोबाट नव मोडल अपेक्षा सिंह तथा सर्वोत्कृष्ट निर्देशन स्मृति तिमिल्सिनाले पुरस्कार पाएका छन् ।

‘ए झण्डा…’ बोलको गीतमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकारमा रमेश दाहाल, सर्वोत्कृष्ट ध्वनी मिश्रणमा भोला पौडेलले पुरस्कार पाएका छन् ।

‘जीवन संघर्ष हो…’बाट सर्वोत्कृष्ट एरेञ्जरमा राजु कार्कीले पुरस्कार पाएका छन् । यी सबै गीतका संगीतकार श्रेष्ठनै हुन् ।

Published : Monday, 2021 January 25, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया