निकै उत्कृष्ट बन्यो ‘पुरानो घाउ’

आउ उदाउ बनेर भाग्य ।
म तिम्रै प्रतीक्षा गरिरहेछु ।

नदेउ घाउ अरुको मलाई ।
म पुरानो घाउ भरिरहेछु ।

यी माथिका गीतका हरफ गीतकार चन्द्र प्रसाइँ ‘परिष्कृत’ले लेखेका शब्द हुन् । प्रसाइँको यो गीतलाई सदाबहार गीतमा ढाल्ने काम संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । गीतमा अञ्जु पन्तले स्वर दिएकी छिन् । गीतका एरेञ्जर विष्णु अधिकारीले गरेका छन् ।

‘तिमले पराइ ठानेपछि, पराइ हुन के भयो र’ गीतपछि श्रेष्ठले संगीत दिएका धेरै गीतहरू छन् । ती गीतहरूमध्ये ‘पुरानो घाउ’ पनि उत्कृष्टमा पर्न सफल भएको छ । संगीतकार श्रेष्ठले भनेका छन्, ‘मैले धेरै गीतहरूमा संगीत दिएको छु । ती गीतहरूमध्ये ‘पुरानो घाउ’ पनि उत्कृष्ट बनेको छ । म निकै आशावादी छु ।’

गीतको शब्द र भावअनुसार देवेन्द्र पाण्डेले म्युजिक भिडियोको निर्देशन गरेका छन् । पाण्डेले भने, ‘यो गीतको शब्दहरू अत्यन्तै मन छुने खालका छन् । शब्दअनुसारनै गीतमा संगीत भरिएको छ । शब्द र संगीतलाई मैले म्युजिक भिडियोमा भावना मर्न दिएको छैन ।’

म्युजिक भिडियो छायाँकनका बेला मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माले गीत निकै राम्रो भनेर प्रशंसा गरेको निर्देशक पाण्डेले बताए । आकाश र पूजा अहिले चलेका र महँगा कलाकारमा पर्छन् ।

‘मैले धेरै म्युजिक भिडियोहरू निर्देशन गरे । अपवादलाई छाडेर सबै राम्रा छन्’, पाण्डेले भने, ‘यो गीतको म्युजिक भिडियो सम्पादनमा छ । निकै उत्कृष्ट भिडियो बनेको छ । हाम्रो टिम खुसी छौँ ।’
पाण्डेले म्युजिक भिडियोमा कुनै पनि कम्प्रमाइज गरेका छैनन् । कलाकार र शुटिङ टिमका कारण भिडियो छायाँकनमा ठूलो सहयोग मिलेको पाण्डेले बताएका छन् ।

म्युजिक भिडियोमा पुनारो गाडी, पुरानो घरलगायतका राम्रा सामग्री र दृष्यहरू प्रयोग गरिएको पाण्डेले बताए । ‘राम्रो काम गरेका छौँ । खर्च अलिक धेरै भएको छ’, उनले भने, ‘यस पटक राम्रो काम गर्दा पैसा धेरै खर्च भयो । राम्रो काममा पैसाको कुरा रहँदैन । पैसा अर्को भिडियोबाट कमाउँला ।’

म्युजिक भिडियो छायाँकनका प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका छन् ।

Published : Thursday, 2021 January 21, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया