पाल्पामा भरुवा बन्दुकले बीरबहादुरको मृत्यु

तानसेन । पाल्पा जिल्लामा मानसिक सन्तुलन गुमाएका ३८ वर्षीय बीरबहादुर सारुको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका– २ साठीखोलाका सारु बुधबार बिहान २ बजे भान्सा कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

बीरबहादुरको कसैले गोली हानेर मृत्यु भएको हो वा आफैले हानेर मृत्यु भएको सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

भान्सा कोठामा बन्दुकको आवाज सुनेर बीरबहादुरका दाई नरबहादुर सारु भान्सा कोठामा गएर हेर्दा भाईलाई मृत अवस्था फेला परेको एसपी भट्टराईले बताएका छन् ।

घटनाको जानकारी पाउनेवित्तिकै पुगेको प्रहरीले भरुवा बन्दुक बरामद गरेर घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसैबीच, रामपुर नगरपालिका– १ स्याउलिबजारस्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापेर एकजना घाइते भएका छन् ।

सल्यान जिल्लाको बाघचौर नगरपालिका– १ बाघचौरका ४७ वर्षीय भोगबहादुर बस्नेत घाइते भएको एसपी भट्टराईले बताएका छन् ।

Published : Wednesday, 2021 January 20, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया