‘किन माया लाउँछ’मा खेम–सुनिताको स्वर

काठमाडौं । उद्धव भट्टराईको शब्द र संगीत रहेको ‘किन माया लाउँछ’ बोलको गीत रिलिज भएको छ ।

गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘किन माया लाउँछ’लाई युट्युबमार्फत रिलिज गरिएको छ ।

‘धागो राम्रो घुम्ने चर्खाको’, ‘कति मीठो बोली’, ‘पाइलै पिच्छे जरो खन्छ्यौ रे’, ‘यो बैंशमा रुन प¥याछ’, ‘धोकै दिएयौ नि’ लगायतका गीतहरूका सर्जक संगीतकार एवम् गीतकार भट्टराईको ‘किन माया लाउँछ’ ल्याएका छन् ।

भिडियोका निर्देशक विनोद भण्डारी हुन् । छायाँकन करण चैंसिरले गरेका छन् । सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।

म्युजिक भिडियोमा ओबी रायमाझी, रोशनी कार्की र ईश्वर बिकको अभियन रहेको छ ।

Published : Monday, 2021 January 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया