काठमाडौंका चोर १५ वर्षपछि पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले दश वटा चोरी मुद्धामा ५८ वर्षको कैद सजाय पाएका दीपक श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट २०६३ साल पुस २३ गते कैद सजाय पाएपछि श्रेष्ठ फरार रहेका थिए । दोलखाको भीमेश्वर नगरपालिका स्थायी घर भएका ४१ वर्षीय श्रेष्ठलाई १५ वर्षपछि पक्राउ गरेर प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरिसकेको छ ।

श्रेष्ठविरुद्ध नवराज न्यौपानेसहित १० जनाले चोरी मुद्धामा जाहेरी दिएका थिए । सोही मुद्धामा उनले कैद सजाय पाएका हुन् ।

श्रेष्ठलाई महाशाखाबाट खटिएको विशेष टोलीले पुस ३ गते काठमाडौंको बौद्धबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 January 17, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया