अभिनयको इच्छा पूरा गर्दै मोडल बुढाथोकी

काठमाडौं । रुपकसिंह बुढाथोकीलाई सानैदेखि कलाकार बन्ने रहर थियो । फिल्ममा खेल्ने उनलाई ठूलो इच्छा थियो । फिल्ममा खेल्नका लागि उनले धेरै प्रयासहरू गरे ।

सानातिना रोलमा खेल्ने अवसर मिले पनि बुढाथोकीलाई अभिनयको रहर पुगेको थिएन । शुरुका दिनमा कलाकारितामा जम्न उनलाई निकै समस्या भयो । अहिले भने बुढाथोकीलाई कलाकारितामा धेरै संघर्ष गर्नुपरेको छैन ।

साउथ इण्डियन फिल्महरूका दृष्य र कलाकारहरूको अभिनय बुढाथोकीलाई मन पर्छ । कलाकारहरूको दमदार अभिनयबाट उनी प्रभावित छन् । नेपाली फिल्महरू पनि प्रविधिको रुपमा राम्रो हुन थालेको उनले बताएका छन् ।

मोडल बुढाथोकीले फिल्म बनाउने सोँच पनि बनाएका छन् । उनले साथीहरूसँग यस विषयमा छलफलहरू चलाएका छन् । राम्रो टिम बनाएर कथा र उच्च प्राविधिक कुराहरू राखेर फिल्म बनाउने उनको चाहना छ ।

पछिल्लो समय बुढाथोकीले म्युजिक भिडियोहरूमा धमाधम अभियन गरिरहेका छन् । म्यजिक भिडियोहरूमा मोडलिङ गर्दै आएका बुढाथोकीको पछिल्लो म्युजिक भिडियो ‘मिस्सिएर दुइटा खोला’ बोलको गीत रिलिज भएको छ ।

मंगलबार युट्युबटबाट रिलिज भएको ‘मिस्सिएर दुइटा खोला’लाई दर्शक स्रोताले रुचाइदिएका छन् । मोडल बुढाथोकी पनि यो म्युजिक भिडियोको कामबाट धेरै खुसी छन् । अरु म्युजिक भिडियोहरूभन्दा निकै राम्रो बनेको बुढाथोकीको भनाइ छ ।

मोडल बुढाथोकीको लुक म्युजिक भिडियोमा रुचाइएको छ । उनले भने, ‘म्युजिक भिडियोहरूमा मलाई माया गर्नेहरू धेरै भएका कारण काम गर्ने हौसला मिलेको छ ।’

वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुइटा खोला’को म्युजिक भिडियोलाई निर्देशक अमर ओलीले निर्देशन गरेका हुन् । मोडलिङमा बुढाथोकीलाई मोडल आयुष्मा कार्कीले साथ दिएकी छिन् ।

वरिष्ठ गीतकार रिजालको शब्द रहेको यो गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् । गीतमा स्वर राज सागर र रीता केसीको रहेको छ । छायाँकन वीरेन्द्र भट्टले गरेका छन् ।

दाङमा जन्मिएर नेपालगञ्जमा आफ्नो कर्मथलो बनाएका बुढाथोकीले मोडलिङमा धेरै गर्न बाँकी रहेको बताउँछन् । घरपरिवारबाट कलाक्षेत्रलाई धेरै नरुचाएपनि बुढाथोकीको कामबाट सबै खुसी छन् । बुढाथोकीले अभियन गर्न थालेपछि घरपरिवारले पनि साथ दिन थालेका छन् ।

मोडलिङबाट पनि राम्रो गर्न सकिने उनले बताए । ‘काम भनेको सानो ठूलो हुँदैन’, उनले भने, ‘काम गर्दै जाँदा सफलता पनि प्राप्त हुन्छ । लोक तथा आधुनिक गीतहरू बुढाथोकीलाई मन पर्छ ।

Published : Friday, 2021 January 15, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया