रिलिज भएको क्षणभरमै हलचल ल्याइदियो खेम सेञ्चुरीको नयाँ गीतले, कँडेलको संगीत (भिडियो)

काठमाडौं । गायक खेम सेञ्चुरी, गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारको स्वरमा ‘मलाई नसोध, नखोज’ बोलको लोकलयमा आधारित गीत सार्वजनिक भएको छ ।

गीतका संगीतकार राजेन्द्र कँडेल हुन् । शब्द हरि केसीले लेखेका छन् । गीतका एरेञ्जर विनोद बाजुराली हुन् । गीत बिहीबार बिहान रिलिज भएको छ ।

वियोगान्त शैलीका शब्द रहेको गीतको म्युजिक भिडियोको कथा पनि वियोगान्तमै बनेको संगीतकार राजेन्द्र कँडेलले बताएका छन् । ‘मायाँ प्रेम र त्यसबाट हुने पीडालाई गीतमा देखाउन खोजिएको छ’, कँडेलले भने, ‘युवा–युवती एक हुन नपाएर विछोड हुँदा र समाजले गाउँबाट लखेट्दाको पीडालाई गीतमा समेटिएको छ ।

संगीतकार कँडेल आफैमा पनि गायक हुन् । कँडेलले गायक खेम सेञ्चुरीका साथै गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारले गीतमा न्याय गरेको बताएका छन् । उनले खेम सेञ्चुरीको स्वर रहेको यो गीत अन्य गीतहरूभन्दा कम नरहेको बताए ।

सुपारी म्युजिक प्रालिले ल्याएको ‘मलाई नसोध, नखोज’को म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन् ।

म्युजिक भिडियोमा विनोद भण्डारी र रुपा कँडेलको अभिनय रहेको छ । मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोलाई करन चैसरले छायाँकन गरेका छन् ।

Published : Thursday, 2021 January 14, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया