काठमाडौंका ‘नामुद’ ठग पक्राउ, प्रहरीबाट भाग्न सकेनन्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट ठगी गर्ने दोलखाको जिरी नगरपालिका–८ स्थायी घर भएका शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार बेरोजगार युवाहरूलाई ठगी गरेको अभियोगमा खड्कालाई पक्राउ गरिएको छ । खड्का बुधबार पक्राउ परेका हुन् ।

आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिएर खड्काले ठगी गर्दै आएको उजुरी परेपछि खड्कालाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।

दोलखा जिल्ला घर भइ काठमाडौंको काँडाघारी बस्दै आएका २३ वर्षीय खड्काले ४३ जना युवाहरूसँग रकम उठाएर ठगी रेको प्रहरीले जनाएको छ ।

खड्काले शुरुमा रु.१५०० देखि ३५०० सय रुपियाँसम्म ई–सेवामार्फत डिपोजिट गर्न लगाएर ठगी गरेका थिए ।

Published : Wednesday, 2021 January 13, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया