कलाकारहरूको उजुरीपछि बिन्दवासिनी म्युजिककी अध्यक्ष लिन पक्राउ

काठमाडौं । प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

उनलाई प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले बताएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेको थियो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार प्रहरी परिसर टेकुमा प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए ।

उजुरी परेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको छ ।

पक्राउ परेकी रेग्मीलाई लागेको आरोपका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Tuesday, 2021 January 12, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया