रानीमहल सडकको छेउमा शिशुको शव फेला

तानसेन । पाल्पा जिल्लामा प्रहरीले महिना नपुगेको शिशुको शव फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार पौने ५ बजेतिर तानसेन नगरपालिका– ५ शीतलडाँडामा तानसेन–रानीमहल भित्री सडकखण्डको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको शिशुको शव फेला परेको हो ।

शिशुको लिङ्ग समेत छुट्टिएको छैन । नवजात शिशु मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसअघि, केही महिना अगाडि पनि पाल्पामा शिशुको शव फेला परेको थियो । प्रहरीले शिशुकी आमालाई पक्राउ गरेर कारबाही गरेको थियो ।

Published : Saturday, 2021 January 9, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया