दाङ र सल्यानका चरेस कारोबारी काठमाडौंमा पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा महाशाखाको विशेष प्रहरी टोलीले शुक्रबार बिहान मित्रनगरस्थित गेष्ट हाउसबाट सुरज चौधरी र कुमार बिकलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

शंका लागि सोधपुछ तथा उनीहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३ किलो लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका– ४ गाईघट निवासी २७ वर्षीय सुरज चौधरी र सल्यानको त्रिवणी गाउँपालिका लुहामका २४ वर्षीय कुमार बिक रहेका छन् ।

Published : Friday, 2021 January 8, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया