भारतीय टोली गुण्डाहरू पक्राउ

धल्केबर । महोत्तरी जिल्लामा सशस्त्र पहरी बल, नेपालको टोलीले हतियारसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

शुक्रबार राति मनरा सिसवा नगरपालिका– १० मरुवाहीमा मादक पदार्थ सेवन गरि स्थानीयसंग विवाद भई दशगजातर्फ भाग्न खोज्ने दुई जनालाई पेस्तोल र चक्कुसहित पक्राउ गरेको सशस्त्र प्रहरीका एसपी सुरेश सापकोटाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामडी जिल्ला वासविट्टिका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास रहेको एसपी सापकोटाले बताए ।

हतियार देखाएर स्थानीयलाई तर्साएर भारततर्फ भाग्ने क्रममा बिओपी मरुवाहीबाट खटिएको प्रहरीको मोबाईल टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट २ राउन्ड (७.६५) लोडेड सेमी अटोमेटिक पेस्तोल नाल १ र स्प्रिङ चक्कु १ थान र ओप्पो मोबाईल सेट १ थानसहित नियन्त्रणमा लिएको एसपी सापकोटाले बताएका छन् ।

Published : Saturday, 2021 January 2, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया