धेरैलाई जिल पारेकी विद्या पक्राउ परिन्

काठमाडौं । एघार लाख ठगी गरेको अभियोगमा विद्या शर्मा भनिने विद्या सरकार पक्राउ परेकी छिन् ।

सुनसरी जिल्लाको इटहरी ठेगाना भएकी २३ वर्षीया विद्यालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ ।

गंगा वनले ११ लाख रुपियाँ ठगी गरेको भन्दै विद्याविरुद्ध जाहेरी दिएपछि प्रहरीले पुस ६ गते पक्राउ गरेको प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिएका छन् ।

हिमानी ट्रष्टको नाममा बेलाबेला गतिविधि गर्दै आएकी विद्याले सिंगापुर रेडक्रस इन्टरनेशनलको नेपालस्थित सिइओ भएको बताउने गर्थिन् ।

विद्यालाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि भक्तपुरको चाँगुनारायणका तीन जना उजुरी दिन आइपुगिसकेका छन् ।

दैलेखका तीन जनाले विद्याविरुद्ध उजुरी दिएका छन् । विद्याले दुई करोड ठगी गरेको उजुरी आइसकेको छ ।

Published : Thursday, 2020 December 31, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया