आशा श्रेष्ठको जोडीको ठगी धन्दाको पर्दाफास, दुबै जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

प्रहरीले ठगी गरेको आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका–३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिएका छन् । सन्तोष र आशाले ‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै विभिन्न व्यक्तिसँग ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

सन्तोष र आशाले फेसबुकमा फेवर विलफेरेड नामको नक्कली आइडी बनाएका थिए ।

नक्कली आइडीबाट विभिन्न मानिसहरूसँग कुराकानी गरी आफू नेदरल्यान्डको नागरिक भएको बताएर ठी गर्दै आएका थिए ।

आइडीबाट चिनजान गरी कुराकानी गर्दै ह्वाट्सएप मार्फत् कुराकानी गरी नेपालमा घुम्न आउने, विवाह गर्ने, आइफोन, सुन गरगहना तथा डलर समेत पठाउने भन्दै विश्वसमा लिने गर्दै आएका थिए ।

विश्वासमा लिएर उनीहरूले आफ्नो नामको बैंक खाता र आइएमई समेतमा ४१ लाख ९८ सय ४ सय ५० रुपियाँ जम्मा गर्न लगाई ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले थप अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Published : Tuesday, 2020 December 29, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया