पाल्पामा घर बाहिर पहारीको शव फेला

तानसेन । पाल्पा जिल्लाको पोखराथोकमा सञ्जय पहारी मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान बगनासकाली– २ पोखराथोक बस्ने २९ वर्षीय पहारी आफ्नै घरको अगाडि बलेन्द्रीमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहारी मृत फेला परेको सम्बन्धमा अनुसन्धान शुरु गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2020 December 22, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया