दरबारमार्गको पाँचतारे होटल अन्नपूर्ण बन्द

काठमाडौं । खर्च धान्नै नसकेपछि पाँचतारे होटल अन्नपूर्ण बन्द भएको छ ।

काठमाडौंको दरबार मार्गस्थित रहेको होटल अन्नपूर्ण बन्द भएको हो । होटेल सञ्चालिका सिर्जना राणाले सन् २०२१ सम्मका लागि अन्नपूर्ण होटललाई गरिएको बताएकी छिन् ।

होटलकी सञ्चालिका राणा होटल एसोसिएसन अफ नेपाल (हान)को अध्यक्षसमेत हुन् ।

कोरोनाका कारण बन्द भएको पाँचतारे होटल अन्नपूर्ण तत्काल खोलेर खर्च धान्न नसक्ने अवस्था आएपछि होटल बन्द गर्ने निर्णय गरेको उनले बताएकी छिन् ।

होटल बन्द गर्ने निर्णयसँगै कार्यरत रहेका ३६० जना कर्मचारीको बिचल्ली भएको छ । उनीहरूलाई राजीनामा दिन निर्देशन दिएको राणाले बताएकी छिन् ।

होटल बन्द भएपनि होटलमा काम गरिरहको कर्मचारीको श्रमको मूल्य सबै हिसाब गरेर भुक्तानी गर्ने राणाले बताएकी छिन् ।

अन्नपूर्ण होटलका सञ्चालकहरूका बीच विवाद थियो । होटलको लगानी र जग्गाको विषय विवाद भएका कारण पनि होटल बन्द भएको एक कर्मचारीले बताएका छन् ।

Published : Sunday, 2020 December 20, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया