कम्युनिस्ट सरकारले तेलको मूल्य बढायो
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा नेपाल आयल निगमको शनिबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले मूल्य वृद्धि गरेको निगमले जनाएको छ ।
पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्यअनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपियाँ कायम गरिएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।
Published : Saturday, 2020 December 12, 10:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया