डिभोर्सी नायिका रिमाले खोलिन् विवाहबारे पोल

काठमाडौं । पति छाडेर बसेकी नायिका रिमा विश्वकर्माले तत्काल विवाह गर्ने योजना नरहेको बताएकी छिन् । बेलायतमा बसोबास गर्ने एकजना एनआरएनसँग विवाह गरेकी रिमाको वैवाहिक जीवन धेरै लामो चल्न सकेन । पति र पत्नीबीच असमझदारी हुँदा दुबैले डिभोर्स गरेका थिए ।

रिमाले डिभोर्स गरेको लामो समयपछि विवाहबारे मुख खोलेकी हुन् । उनले भनेकी छिन्, ‘तत्काल विवाह गर्ने योजना छैन ।’ रिमालाई उनी आमाले विवाहका लागि दवाव दिने गरेको स्वीकार गरेकी छिन् । रिमाले भविष्यमा कस्तो केटासँग विवाह गर्ने हो केही भनेकी छैनिन् । उनीले आफ्नो वैवाहिक जीवन भताभुङ्ग हुनुको कारण खुलाउन चाहेकी छैनिन् ।

नायिका केकी अधिकारी आफ्नो मिल्ने साथी बताएकी रिमाले प्रोडक्सनको काम गरिरहेको समेत उल्लेख गरेकी छिन् । रिमा र केकी सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिने गरेका छन् ।

उनीहरूका बीच राम्रो सम्बन्ध छ । ‘कोहलपुर एक्सप्रेस’ नामक फिल्ममा उनीहरू दुबै एकसाथ नायिकाका रुपमा अभिनय गरेका छन् । त्यस अगाडि रिमा र केकीले ‘मेरो दिल छ पोखरामा’ बोलको गीतमा अभिनय गरेका थिए ।

हुन त पछिल्लो समय रिमाले रियालिट टिभी शोहरूमा उद्घोषकको काम गर्दै आएकी छिन् । उनको बोल्ने शैली र प्रस्तुतिलाई दर्शक स्रोताहरूले मन पराउने गरेका छन् । रिमाले भविष्यमा आफू राजनीतिज्ञ बन्ने सम्भावना समेत रहेको स्वीकार गरेकी छिन् । कुन राजनीतिक दलबाट राजनीति गर्ने त्यो भने उनले खोल्न मानिन् । उनले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताहरूप्रति विश्वास नरहेको बताएकी छिन् ।

Published : Thursday, 2020 December 10, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया