फेसबुकको चिनजानले रेनुकाले गरिन् क्यानडा काण्ड, प्रहरीद्वारा दुई जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले १४ लाख ठगीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाका प्रहरी प्रमुख एसएसपी दीपक थापाले ठगीको अभियोगमा भारतीय नागरिक ४९ वर्षीय शेख सम्सुर आलोन र अर्घाखाँचीकी ४२ वर्षीया रेनुका सारुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

आलोचन र सारुले खिन्तबीर सारुलाई क्यानडाको भिषा लगाइदिने भनेर १४ लाख ठगी गरेका थिए । आफू ठगिएको थाहा पाएपछि खिन्तबीर सारुले उजुरी दिएपछि दुई जनालाई महाशाखाको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाल्पा जिल्लाको माथागडी गाउँपालिका– ४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका– १६ मनमैजु बस्ने खिन्तबीर सारु र अर्घाखाँची तिलगंगा– १ तल्लोटोल बस्ने रेनुका सारुसंग चिनजान भएको थियो ।

कुरा गर्दै जाँदा उनीहरूबीच रेनुकाले क्यानडा पठाइ दिन्छु भनी विश्वासमा लिएर खिन्तबीर सारुलाई क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई चौध लाख ठगेर सम्पर्क विहीन भएको जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

मुख्य योजनाकार भारतको पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोन र अर्घाखाँची घर भएकी रेनुका सारुलाई सुन्धाराबाट प्रकाउ गरी आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले अन्य तीन जना व्यक्तिहरूबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको एसएसपी थापाले बताएका छन् ।

Published : Wednesday, 2020 December 9, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया