रमिला श्रेष्ठलाई ठग्ने विशाल दर्जी काठमाडौंमा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी महाशाखा काठमाडौंले जनोज लामिछाने भन्ने विशाल दर्जीलाई पक्राउ गरेको छ ।

रमिला श्रेष्ठको उजुरीका आधारमा २७ वर्षीय दर्जीलाई आइतबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दर्जीले विभिन्न प्रलोभनमा पारेर सिंगापुर पठाइदिन्छु भनेर रमिला श्रेष्ठसँग ३ लाख ३१ हजार ९ सय रुपियाँ लिएर फरार भएका थिए ।

दर्जी सुनसरी जिल्लाको धरान उप–महानगरपालिका–४ बुद्धचोक स्थायी घर भई हाल काठमाडौंको सिनामंगल बस्र्दै आएका छन् ।

पक्राउ परेका दर्जीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 December 7, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया