विजयेन्द्रसँग नायिका श्वेताले विवाह गर्ने

काठमाडौं । नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गर्ने लागेकी छिन् ।

खड्काले मंसिर २२ गते विवाह गर्न लागेकी हुन् । खड्काले आफ्ना निकटका व्यक्तिहरूलाई निम्तो कार्ड समेत वितरण गरेकी छिन् ।

काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरूको विवाह हुनेछ ।

नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो ।

खड्काले ‘कहाँ भेटिएला’बाट फिल्म खेल्न शुरु गरेकी थिइन् । उनले ‘कान्छी’ फिल्म पनि निर्माण गरेकी छिन् ।

Published : Thursday, 2020 December 3, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया