काठमाडौंमा भन्सार छलेको सुन र नदगसहित मान्छेहरू पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले भन्सार छलेर सुन चोरी निकासी गर्ने समूहलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो १ बजे काठमाडौंको सिनामंगलस्थित गोल्डेन गेट अगाडिबाट गंगाबहादुर थापा मगरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । ३२ वर्षीय थापाको स्थायी घर रामेछापको दोरम्बामा पर्छ । उनी काठमाडौंमा बस्दै आएका थिए ।

प्रहरीले थापासँग एघार लाख छयासी हजार पाँच सय रुपियाँ बरामद गरेको छ ।

प्रहरीले राजश्व छलेर ल्याएको सुनको बालाहरूसहित कुमार सेञ्चुरीलाई पक्राउ गरेको छ । ३२ वर्षीय सेञ्चुरीको स्थायी घर तेह्रथुमको छथर– ४ मा रहेको छ ।

कोटेश्वरमा स्काई ज्वलेर्स सञ्चालन गरि बस्ने सेञ्चुरीलाई आइतबार सुनको बाला ३ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेञ्चुरीलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

भन्सारबाट चोरी निकासी गरी ल्याएको बेबारिसे अबस्थामा फेला परेको सेतो रंगको हालको मूल्य रु.२ लाख २५ हजार पर्ने बुलेट मोटरसाईकल त्रिभुबन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 November 29, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया