ललितपुरमा ९ जना जुवाडेहरू पैसासहित पक्राउ
ललितपुर । प्रहरीले ललितपुरको थसिखेलमा ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित उत्तमबहादुर कार्कीको महालक्ष्मी अटो वर्कसप छापा हानेको विज्ञप्तिमा उल्लेख छ ।
तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राजकुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपियाँ र ४ बुक ताससहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Friday, 2020 November 20, 4:57 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया