ललितपुरमा ९ जना जुवाडेहरू पैसासहित पक्राउ

ललितपुर । प्रहरीले ललितपुरको थसिखेलमा ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित उत्तमबहादुर कार्कीको महालक्ष्मी अटो वर्कसप छापा हानेको विज्ञप्तिमा उल्लेख छ ।

तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राजकुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपियाँ र ४ बुक ताससहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2020 November 20, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया