चितवनमा ९७ लाख चोरी गर्ने पक्राउ, चोर देखेर प्रहरीनै छक्क

भरतपुर । चितवनमा प्रहरीले ९७ लाख चोरी गर्ने सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रालिको कार्यालयमा रहेको ९७ लाख रुपियाँ सुरक्षागार्ड कविराज थापाले चोरी गरेको प्रहरीले जनाएको छ । ४० वर्षीय कविराज थापा चितवनकै कालिका नगरपालिका–६ का निवासी हुन् ।

सुरक्षा गार्ड थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र रहेको र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

प्रहरीले खाटमुनि ४० लाख र फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपियाँ फेला परेको जनाएको छ ।

सुरक्षा गार्ड कविराज थापाले लकरबाट पैसा चोरी गर्न हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेका थिए ।

Published : Sunday, 2020 November 15, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया