कौडा–तास खेल्ने ९१ जनाको ‘ग्याङ्’ पक्राउ

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानबाट तिहारको मौका छोपेर कौडा र तास खेल्ने समूहका ९१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जुवाडेसहित ठूलो परिणाममा नगद पनि बरामद गरेको शनिबार जारी विज्ञप्तिमा जनाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–६ बिष्ट गाउँ (सिम) स्थित रवि विष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ जाखा बस्ने ३७ वर्षीय महेश थापा लगायत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५५ हजार ४ सय ५ रुपियाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

कीर्तिपुर नगरपालिका–६ छापस्थित अछाम पञ्चदेवल बिनायक नगरपालिका–९ घर भई हाल सोही नगरपालिका छाप बस्ने जनक शाहीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले नगद ५१ हजार २० रुपियाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको छ ।

धनकुटा जिल्लाको धनकुटा नगरपालिका–७ स्थित मोहन श्रेष्ठको घर सोही ठाउँ बस्ने योगेन्द्र कार्कीले कोठा भाडामा लिई जुवातास खेलाई रहेको अवस्थामा धनकुटा नगरपालिका–१ बस्ने ३८ वर्षीय दिलिप रायमाझी लगायत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले नगद १ लाख ११ हजार ६ सय रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिपकुमार गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलिपसहित ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले नगद १ लाख ८७ हजार २५ रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१६ खैरेटी बस्ने उदयबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय उदयबहादुर गुरुङ लगायत ३० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५९ हजार ४ सय ९० रुपियाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानरपालिका–६ लेकसाईडस्थित रोयलईमेज होटलको कोठामा कौडा खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद १ लाख ३७ हजार ४ सय ८५ रुपियाँ र १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको छ ।

बाराको कोल्हबी नगरपालिका–८ कट्टि टोलस्थित कुखुरा फार्ममा जुवातास तथा कौडा खेलिरहेका समिरकुमार चौधरीलगायत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख १७ हजार रुपियाँ र १६ वटा कौडासहित उनीहरूलाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ बस्ने टेकबहादुर कडायतको घरमा जुवातास खेलिरहेका टेकबहादुर समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार रुपियाँ र ४ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको छ ।

Published : Saturday, 2020 November 14, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया