सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले चेक बाउन्स काण्डमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष थापालाई बुधबार कालिमाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।

अध्यक्ष थापाविरुद्ध झविन्द्रप्रसाद बञ्जाडेले एक महिना अगाडि उजुरी दिएका थिए ।

थापाले बञ्जाडेलाई एक करोडको खातामा पैसा नभएको चेक दिएका थिए । पैसा नपाएपछि बञ्जाडेले थापाविरुद्ध उजुरी दिएका थिए ।

पक्राउ परेका अध्यक्ष थापा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक हुन् ।

Published : Wednesday, 2020 November 11, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया