भक्तपुरमा तास खेल्ने १० जनाको समूह पैसासहित पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरमा छापामारेर दुई लाखभन्दा धेरै रकमसहित तास खेलीरहेका दश जनालाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–२ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपियाँ र ६ बुक ताससहित पक्राउ गरेको थियो ।

Published : Sunday, 2020 November 8, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया