यी हुन् आदित्यकी हुनेवाला पत्नी, डिसेम्बरमा बिहे

मुम्बई । गायक उदित नारायण झाका छोरा आदित्यनारायण झाले आफ्नी प्रेमिकाको तस्वर सार्वजनिक गरेका छन् । फेसबुकमार्फत आदित्यले प्रेमिकाको तस्वीर सार्वजनिक गरेका हुन् ।

तस्वीर सार्वजनिक गर्दै आदित्यले डिसेम्बर महिनामा विवाह गर्ने जनाएका छन् ।

आदित्यले आफ्नी प्रेमिकाको नाम श्वेता रहेको जनाएका छन् । ११ वर्षदेखि आफूहरू प्रेममा रहेको जनाएका छन् । प्रेमिकाको विषयमा केही भनेका छैनन् ।

‘हामी विवाह गर्दै छौं । ११ वर्षअघि मेरो आत्माको साथी श्वेतालाई भेट्न पाउँदा म सबैभन्दा भाग्यमानी मानिस हुँ’, आदित्यले भनेका छन्, ‘हामी अन्ततः डिसेम्बरमा विवाहको गाँठो बाँधिरहेका छौं ।’

शुरुका दिनमा गायनबाट कलाक्षेत्रमा प्रवेश गरेका आदित्यले भारतीय टेलिभिजनहरूमा उद्घोणको काम गर्छन् । आदित्यले लाईभ कार्यक्रमहरूमा उद्घोषण गर्दै आएका छन् । गायनमा उनी जम्न सकेनन् ।

उदितनारायण झा र दीपा झाका छोरा आदित्यले फिल्ममा नायक भएर काम पनि गरेका छन् ।

उनको फिल्मी करियर पनि राम्रोसँग अगाडि बढ्न सकेन । तर, टेलिभिजन कार्यक्रम र लाईभ कार्यक्रमहरूको उद्घोषणमा भने आदित्य राम्रोसँग जमेर बसेका छन् । उनले उद्घोषण गरेवापत राम्रो पैसा लिने गर्छन् ।

Published : Saturday, 2020 November 7, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया