‘कृष्ण लीला’लाई दीपकले निर्देशन गर्ने, श्रद्धाकाे इन्ट्री

काठमाडौं । फिल्म ‘कृष्ण लीला’मा नायिकाको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छिन् । यो भूमिकामा यस अगाडि नायिका दीपिका प्रसाइँ अनुबन्धित भएकी थिइन् ।

स्वास्थ्यका कारण दीपिकाले अभिनय गर्न नसक्ने बताएका कारण उक्त भूमिकामा निर्माण युनिटले श्रद्धालाई अनुबन्धित गरेको छ । फिल्ममा नायिकाको रुपमा दीपिकाको ठाउँमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

दीपिका केही समययता थाइराड र माइग्रेसनको समस्याले पीडित रहेकी छिन् । फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टाईरले बताएका कारण फिल्ममा नायिका परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाई रहेको छ । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अब फिल्ममा नायक पुष्प खड्कासँग रोमान्स गर्नेछिन् ।

फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन आगामी मंसिर १५ गतेबाट छायाँकनमा शुरु हुनेछ ।

दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् ।

Published : Saturday, 2020 November 7, 6:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया