लामाचौरबाट पैसासहित दश जना जुवाडे पक्राउ

प्यूठान । प्यूठान जिल्लाको लामाचौरबाट प्रहरीले तास खेल्ने दश जनाको समूहलाई पक्राउ गरेको छ ।

माण्डवी गाउँपालिका–३ लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय सुरज कार्की लगायत १० जनालाई सोमबार राति पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्यूठान र प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले नगद १ लाख ६८ हजार ४० रुपियाँ र एक गड्डी तास पनि बरामद गरेको छ ।

Published : Tuesday, 2020 November 3, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया