काठमाडाैंमा एक कराेडसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले स्रोत नखुलेको एक करोड रुपियाँ बरामद गरेको छ ।

सोमबार राति ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपियाँसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अवैध रकमसहित पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

सो रकमका विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । बरामद भएको रकम हुन्डी कारोबारमा प्रयोग भएको हुन सक्ने प्रारम्भीक अनुमान प्रहरीको छ ।

Published : Tuesday, 2020 November 3, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया