सापकोटाको संगीतमा ‘बरबर आँशु’, विष्णु र वीरेन्द्रको स्वर

काठमाडौं । संगीतकार केशव सापकोटाको संगीत रहेको ‘बरबर आँशु’ सार्वजनिक भएको छ ।

गायिका विष्णु माझी र गायक वीरेन्द्र बुढाको स्वर रहेको गीतका शब्द शक्तिराम डिसीले लेखेका हुन् । ‘बबर आँशु’का एरेञ्जर राजु सुनाम हुन् ।

गीत राम्रो बनेको संगीतकार सापकोटाले बताएका छन् । यसअघि धेरै गीतहरूमा संगीत दिएका सापकोटाले गायिका माझी र गायक बुढालाई राखेर गीत ल्याएका हुन् ।

‘नयाँ र पुरानो पुस्ताका गायक गायिकालाई राखेर बरबर आँशु ल्याएको छु’, संगीतकार सापकोटाले भने, ‘दर्शक स्रोताले अहिलेसम्म रुचाइदिनुभएको छ । यसमा नै म सन्तुष्ट छु ।’

जनता डिजिटलको युट्युब च्यानलमा सोमबार ‘बरबर आँशु’लाई रिलिज गरिएको थियो ।

सिर्जन बरालको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

भिडियोमा किशोर खत्री, रेजिना विष्ट र महिमा गिरीको अभिनय रहेको छ ।

Published : Monday, 2020 November 2, 10:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया