घोराहीमा पाँच जना युवा जुवाको खालबाट पक्राउ

घोराही । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरबाट पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

आइतबार बिहान १ बजे नवलपुरस्थित बसन्ता रावतको बन्दै गरेको नयाँ घरबाट पाँच जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अबैध जुवा तास खेली रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानबाट पाँच जनालाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले तीन लाख तेईस हजार साठी रुपियाँ, तीन थान तासको गड्डी, नखोलेको दुई थान गड्डी बरामद गरिएको छ ।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिकाका २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी, २६ वर्षीय कमल रावत, २७ वर्षीय बसन्त भण्डारी, र ३६ वर्षीय धर्म ज्ञवाली रहेका छन् ।

Published : Sunday, 2020 November 1, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया