दशैँका बेला जुवातास खेल्ने ६४ जनाकाे समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई पक्राउ गरेको जनाएकाे छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहररूलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३ सय ९० रुपियाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, जोशीपुर गाउँपालिका-१ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञबहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी ताससहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तनहुँ, भानु नगरपालिका-१० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, मनराशिश्वा नगरपालिका-७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोदकुमार साह समेत ३ जनालाई नगद ३ लाख ३२ हजार ९ सय ६० रुपियाँ र ९ थान कौडा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सलपल्लो र ईलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

Published : Sunday, 2020 November 1, 6:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया