चन्दा असुली गर्ने दुई जना पक्राउ

नेपालगञ्ज । बाँके जिल्लामा धाकधम्की दिई चन्दा असुली गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिकोट जिल्ला त्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका भरत बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

तिरुवा र बिकले बाँके जिल्लाको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Published : Thursday, 2020 October 22, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया