बारामा गोली हानेर भारतीय नागरिक पक्राउ

काठमाडौं । बारा जिल्लामा प्रहरीले गोली हानेर भारतीय युवकलाई हतियारसहित पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा गोली हानेर भारतीय नागरिक २८ वर्षीय बृजकिशोर कुशवाहालाई गोली हानेर बुधबार साढे ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारत बिहार जिल्ला मोतीहारी पूर्वी चम्पारण दुधिअवा बस्ने वर्ष २८ को बृजकिशोर कुशवाहामाथि शंका लागि रोक्न खोज्दा आफूले बोकी राखेको पेस्तोलबाट प्रहरी टोलीमाथि फायर गर्दा मिस भई फायर भएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

‘सोही अवस्थामा प्रहरीको तर्फबाट जवाफी कारवाही स्वरूप प्रहरीले बोकेको थ्री नट थ्री राईफलबाट १ राउण्ड फायर गर्दा बृजकिशोर कुशवाहाको बायाँ पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा पक्राउ गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कुशवाहले बोकेर ल्याएको पेस्तोल थान १, म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ समेत गरी जम्मा ५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2020 October 21, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया