सार्वजनिक सवारीले धेरै भाडा लिन नपाउने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनहरूले धेरै भाडा लिन नमिल्ने जनाएको छ ।

मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले अबदेखि सार्वजनिक सवारी साधनले चैत ११ गते अगाडिकै भाडा लागू गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्री गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको बताए ।

सरकारले आधा क्षमतामा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको थियो ।

कोरोना महामारीबाट संक्रमितहरू दिनदिनै वृद्धि भइरहेका बेला सरकारले सार्वजनिक सवारी साधनहरूले पुरानै भाडा लिने गरेर निर्णय गरेको छ ।

Published : Monday, 2020 October 19, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया