काठमाडौंमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंमा ग्लोबल आइएमई बैंकका सुरक्षा गार्ड रुद्रदबहादुर मगरमाथि खुकुरी प्रहार भएको छ ।

बिहीबार मध्यबानेश्वरमा रहेको बैंकका सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरेले जानकारी दिएका छन् ।

सुरक्षा गार्ड मगरले लाइन मिलाइरहेका थिए । सोही विषयमा विवाद हुँदा ती युवकले गार्डले कम्मरमा रहेको खुकुरी झिकेर प्रहार गरेको पाइएको एसपी राठौरले बताए ।

खुकुरी प्रहारबाट मगरको हातमा चोट लागेको छ । मगरको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने युवक भनै फरार भएका छन् । खुकुरी प्रहार गर्ने युवाको पहिचान भइसकेको छ ।

Published : Thursday, 2020 October 15, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया