दुई नं. प्रहरीद्वारा ३० वर्षदेखि भारतमा फरार कुशवाहलाई पक्राउ

काठमाडौं । २ नं. प्रदेश प्रहरी कार्यालयले व्यक्ति हत्या गरेर फरार रहेका व्यक्तिलाई ३० वर्षपछि पक्राउ गरेको छ ।

२ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार श्यामकिशोर प्रसाद कुशवाहलाई असोज २८ गते बिहान ६ बजे नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

कुशवाह बारा जिल्लाको सिम्रौनगढ नगरपालिका– २ स्थित नेपाल–भारत सिमानामा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।

उनले ०४४ सालमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका–६ कोहलपुर बस्ने जयमंगल प्रसादको हत्या गरेर फरार भएका थिए । हत्यापछि कुशवाह भारतमा लुकेर बस्दै आएका थिए ।

विशेष सूचनाका आधारमा २ नं. प्रदेश प्रहरी र बारा प्रहरीको संयुक्त टोलीले कुशवाहलाई ३० वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

Published : Wednesday, 2020 October 14, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया