वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७७ ले वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी रश्मिला श्रेष्ठलाई सम्मान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान गरेका हुन् ।

श्रेष्ठले सौन्दर्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।

रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटिकेयरले काठमाडौं मल र बिजी मलबाट आफ्नो सेवा दिँदै आएको छ ।

श्रेष्ठले सामाजिक कार्यहरूमा पनि सहयोग गर्दै आएकी छिन् । उनले कोरोना महामारीका बेला समस्यामा परेकाहरूलाई समेत सहयोग गरेकी थिइन् ।

कार्यक्रममा कलाकार, सञ्चारकर्मी, सौन्दर्यविदलगायतलाई सम्मान तथा पुरस्कारहरू पनि विरतण गरिएको थियो ।

Published : Monday, 2020 October 12, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया