सप्तरीमा अनैतिक सम्बन्ध लुकाउन महिलाको हत्या

काठमाडौं । सप्तरी जिल्लामा महिलाको हत्या गर्ने तीन जनाको समूह पक्राउ परेको छ ।

तिरहुत गाउँपालिका–२ मैनाकडारीकी ५० वर्षीया दाईमनदेवी यादवको असोज १० गते राति हत्या भएको थियो ।

हत्यामा संलग्न तिरहुत गाउँपालिका–२ मैनाकडरीका २१ वर्षीय अजयकुमार यादब, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादब र कञ्चनपुर नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई पक्राउ गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

अनुसन्धानका क्रममा हत्या गरिएकी महिला दाईमनदेवी यादबकी देउवरानीसँग हत्यामा संलग्न ओमप्रकाश यादबबीचअनैतिक सम्बन्ध रहेको खुलेको छ ।

दाईमनदेवीले अनैतिक सम्बन्ध थाहा पाएपछि ओमप्रकाश यादबले अनैतिक सम्बन्ध लुकाउन रिसइबी राखेर हत्या गरेको डीआईजी सिंहले बताए ।

हत्यामा संलग्न अजय यादब र हत्या गरिएकी महिलाबीच जग्गा विवाद रहेको समेत खुलेको छ ।

हत्यामा संलग्न बमबहादुर साह विगतमा मधेस मुक्ति टाइगर्सका नाममा संलग्न रहेर शिक्षक रामनारायण साहको हत्या अभियोगमा ८ वर्ष जेल सजाय भोगेर दुई वर्ष अगाडि मात्रै बाहिर निस्किएका थिए ।

Published : Monday, 2020 October 12, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया