मन्त्री अर्यालद्वारा मोडल नौबागे सम्मानित

काठमाडौं । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय मोडल विजेन्द्र नौबागे सम्मानित भएका छन् ।

काठमाडौंका प्रज्ञा प्रतिष्ठानमा शनिबार देशभक्तिको गीति एल्वम ‘म हुँ सुन्दर नेपाल’को विमोचनका क्रममा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले मोडल नौबागेसहितका कलाकारहरूलाई सम्मान गरेकी हुन् ।

कलाकारिता क्षेत्रमा सक्रिय रहेका नौबागे म्युजिक भिडियोहरूमा मोडलिङ गर्दै आएका छन् ।

म्युजिक भिडियो उनका लागि अत्यन्तै मन पर्ने क्षेत्र पनि हो । उनले मोडलिङलाई आफ्नो पेशानै ठान्छन् ।

मन्त्री अर्यालले नौबागेलाई लामो समयदेखि कलाकारिता र मोडलिङ क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरेकी हुन् ।

सो कार्यक्रम एक्टिभ इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको थियो । एक्टिभ इन्टरटेनमेन्टले कलाकारहरूको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

मोडल नौबागेसँगै निर्देशक अमर वली, कलाकार एवम् निर्देशक सुवास गजुरेल, उत्तम केसी, मोडल सिवन पोखरेल, सम्पादक प्रेम शर्मा, गायक सिडी विजय अधिकारी, संगीतकार दिवान किनार, गायक रुपक डोटेल, लगायतलाई सम्मान गरिएको थियो ।

Published : Monday, 2020 September 28, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया