५० वर्षमा पनि उस्तै राम्री छिन् राम्या कृष्णन्

मुम्बई । बलिउड फिल्मकी अभिनेत्री राम्या कृष्णन ५० वर्षमा लागेकी छिन् । ‘बाहुबली’ फिल्मबाट ‘शिवगामी देवी’का रूपमा दर्शकमाझ लोकप्रिय बनेकी भारतीय अभिनेत्री राम्या कृष्णन मंगलबारबाट ५० वर्ष लागेकी छन् ।

उमेर बढेसँगै अभिनेत्रीहरूको पारिश्रमिक कम हुने भएपनि राम्या भने यो मामिलामा अरूभन्दा फरक छिन् । ५० को उमेरमा पनि उनले दक्षिण भारतीय फिल्मका चल्तीका अभिनेत्रीभन्दा बढी पारिश्रमिक बुझ्ने गर्छिन् ।

‘बाहुबली’ फिल्मले यसमा अभिनय गरेका थुप्रै कलाकारलाई नयाँ परिचय र चर्चा दिएको छ । फिल्म हिट भएसँगै यसमा काम गर्ने सबै कलाकारहरूको पारिश्रमिक बढेको छ । यसमा राम्या कृष्णन पनि पर्छिन् ।

‘बाहुबली’को दुबै भागमा उनले महत्वपूर्ण भूमिकामा काम गरेकी थिइन् । दर्शकले उनको भूमिकालाई राम्रै मनपराए । यसपछि राम्यले पनि आफ्नो पारिश्रमिक बढाएकी हुन् ।

राम्याले हाल दक्षिण भारतका चर्चित अभिनेत्री तमन्ना भाटिया तथा रकुल प्रीत सिंहभन्दा पनि बढी पारिश्रमिक लिने गरेकी छिन् । उनले ‘सैलाजा रेड्डी अल्लुदु’ फिल्ममा काम गर्दा एकदिनको ६ लाख पारिश्रमिक बताइन्छ । फिल्मका लागि उनले २५ दिनको छायाकंन सम्झौता गरेकी थिइन । उनको पारिश्रमिक डेढ करोड भारू हुन आउँछ ।

Published : Tuesday, 2020 September 22, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया