भक्तपुरमा डलर साट्ने बहानामा ५ लाख ठगी

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका–२ मनहरा, दीव्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपियाँ बुधबार दिउँसो ठगी भएको प्रहरीले जनाएको छ ।

‘ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं’भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरू फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2020 September 17, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया