‘बाँचेकाे छु धन्न’मा बिक्रम र समीक्षाको स्वर, मन पराइदिए दर्शक स्राेताले

काठमाडौं । चर्चित युवा गायक र गायिकाको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको लोक तथा दोहोरी गीत रिलिज भएको छ ।

छोटो समयमा युट्युबमा राम्रो भ्यु पाएको ‘बाँचेको छु धन्न’मा बिक्रम परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । युवा पुस्तामा बिक्रम र समीक्षा निकै लोकप्रिय छन् ।

डा.शिव सुवेदीको शब्द र संगीत रहेको ‘बाँचेको छु धन्न’को एरेञ्ज विनोद बाजुरालीले लेदिएका छन् ।

डा.सुवेदीका लोक तथा दोहोरी गीतहरू निकै चर्चित छन् । उनी गीत संगीतको क्षेत्रमा कहलिएका स्रष्टा हुन् ।

प्रेमी र प्रेमिकाबीचको संयोगान्त र वियोगान्तलाई फ्युजन गरिएको म्युजिक भिडियोको स्क्रिप्टलाई राम्रोसँग दृष्यमा ढालिएको छ ।

शिव सुवेदीको युट्युब च्यानलबाट यो गीतलाई रिलिज गरिएको छ ।

गायक परियारका धेरै गीतहरू चर्चित छन् । परियारको ‘गुन्द्रुक मीठो सागको’ गीत धेरै रुचाइएको गीत हो । समीक्षा अधिकारी पछिल्लो समय चलेकी गायिका हुन् । उनी टिकटकमा हिट छिन् ।

म्युजिक भिडियोमा गौरव पहाडी, आशा खड्का, भद्रा कुँवर, कवीर गैरेको अभियन रहेको छ ।

Published : Tuesday, 2020 September 15, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया