भारतले प्याजको निकासमा रोक लगायो, नेपालमा अभाव र मूल्य बढ्ने
काठमाडौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतबाट नेपालमा धेरै प्याज आयात हुने गर्छ । याे निर्णयले नेपाली बजारमा प्याजकाे अभाव र मूल्य बढ्न सक्ने जनाइएकाे छ ।
भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिमार्जन गरेको छ । नयाँ नीतिसँगै भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएको हो ।
भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।
भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउनेछैन ।
नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ । नेपालमा प्याजको मूल्य बढ्नुका साथै अभाव हुन सक्ने व्यापारीहरूले बताएका छन् ।
भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया