भारतले प्याजको निकासमा रोक लगायो, नेपालमा अभाव र मूल्य बढ्ने

काठमाडौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतबाट नेपालमा धेरै प्याज आयात हुने गर्छ । याे निर्णयले नेपाली बजारमा प्याजकाे अभाव र मूल्य बढ्न सक्ने जनाइएकाे छ ।

भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिमार्जन गरेको छ । नयाँ नीतिसँगै भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएको हो ।

भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउनेछैन ।

नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ । नेपालमा प्याजको मूल्य बढ्नुका साथै अभाव हुन सक्ने व्यापारीहरूले बताएका छन् ।

भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको छ ।

Published : Monday, 2020 September 14, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया