नरेश–मेक्सम दाजुभाईको ‘पुकुली माया’ रिलिज

काठमाडौं । गायक एवम् संगीतकार नरेश खाती क्षेत्र र गायक मेक्सम खाती क्षेत्रीको जोडीले ‘पुकुली माया’ बोलको गीत रिलिज गरेका छन् ।

नरेशको संगीत रहेको ‘पुकुली माया’मा मेक्समको स्वर रहेका छ । गीतको शब्दपनि नरेश आफैले लेखेका छन् । नरेश र मेक्सम दुई दाजुभाई हुन् । यो जोडीले राम्रा गीतहरू दिँदै आएको छ ।

लोक आधुनिक लयमा रहेको ‘पुकुली माया’लाई उच्च हिमाली जिल्लामा छायाँकन गरिएको छ ।

नरेशले यो गीतलाई आफ्नै युट्युब च्यानलबाट शुक्रबार रिलिज गरेका हुन् । नरेशले गीतले दर्शक स्रोताको माया पाउने आशा लिएको बताएका छन् ।

विशाल निरौलाको एरेञ्ज रहेको ‘पुकुली माया’का सम्पादक मनोज कार्की हुन् ।

यसअघि, नरेशले ‘मेरी छोरी’, ‘मेरो बाबा भगवान’, ‘माया मारेर’लगायत थुप्रै राम्रा गीतहरू बनाइसकेका छन् । उनका केही गीतहरूले युट्युबमा एक करोडभन्दा धेरै भ्यु पाएका छन् ।

Published : Friday, 2020 September 11, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया